Logo

रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु



ईलाम, २१ जेठ । इलामको चुलाचुलीमा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ ।

इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले बगाएको हो । जिपमा सवारमध्ये २ जनाको शव फेला परेको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिनुभयो ।

‘जिपमा कति जना सवार भन्ने बारे यकिन भएको छैन । अहिलेसम्म बच्चाको र महिलाको शव फेला परेको उहाले जानकारी दिनुभयो । । गाडीको एउटा चक्का भेटिएको र उद्धारको लागि टोली त्यहाँ पुगेको ढकालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्