Logo

विश्वकप छनोट :  युएईसँग नेपाल ४-० ले पराजित



काठमाडौं, २५ जेठ। फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको छ ।

साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद विन फहद स्टेडियमा भएको खेलमा युएईले दुवै हाफमा २-२ गोल गरेको हो ।

समूह एचमा नेपालको लगातार पाँच हार बेहोरेको छ । अहिलेसम्म नेपालले एक गोल पनि गर्न सकेको छैन । यसअघि युएई विरुद्ध अवे मैदानमा पनि नेपाल ४-० ले नै पराजित भएको थियो ।

युएईका हरिब अबदल्ला सुहेल अल माज्मीले दुई मिनेटमा दुई गोल गर्दै सुरुमै युएईलाई २-० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा युएईले दुई गोल थप्यो । अली सालेहले ५३औं र हाजेन मोहमम्दले ७५औं मिनेटमा गोल गरे ।

नेपालले अब समूहको अन्तिम खेल यमनसँग जुन ११ मा दम्मानमै खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्