Logo

 दिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई विदेश मन्त्रालयका कर्मचारीले गरे स्वागत



काठमाडौं, २७ जेठ । समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत गएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको प्रतिनिधिमण्डल नयाँ दिल्ली पुगेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका अधिकारीले स्वागत गरेका छन् ।

प्रधानमन्त्री दाहालका साथमा स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी सहभागी हुनुन्छ ।

प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उहाबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्