Logo

शैक्षिक सूचना प्रणाली सम्बन्धि तालीम शुरु



झापा , ३१ जेठ । अर्जुनधारा नगरपालिका भित्रका आधारभूत तथा माध्यमिक बिद्यालयका प्रधानाध्यापक तथा प्राबिधिकहरुलाइ शैक्षिक सूचना प्रणाली (इमिस अपडेट) सम्बन्धि चारदिने तालीम बुुधवारदेखि शुरु भएको छ ।

कालीस्थान माध्यमिक बिद्यालयमा बुुधवार आधारभूत बिद्यालय र धार्मिक बिद्यालयका प्रधानाध्यापक (प्राचार्य) एवं प्राबिधिकहरुलाइ शैक्षिक सूचना प्रणाली  (इमिस अपडेट) सम्बन्धि शैदान्तिक एव प्रयोगात्मक प्रशिक्षण दिइएको हो ।

चारदिने प्रशिक्षण अन्तरगत २ दिन आधारभूत तह र दुइदिन माध्यमिक तहका प्रधानाध्यापक तथा प्राबिधिकहरुलाइ प्रशिक्षण दिइने बताइएको छ ।

शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधाराका प्रमुख तोयानाथ रेग्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कालीस्थान माबिका प्रधानाध्यापक इन्द्र उप्रेती लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा अर्जुनधारा शिक्षा शाखाका शिक्षा अधिकृत सुनिता भट्टराईले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश सगै स्वागत मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा सहभागीका तर्फबाट कालिका सस्कृत बिद्यापीठका तर्फबाट इन्दु पुर्बेली र जुनकीरी सार्वजनिक आधारभुत बिद्यालयका प्रधानाध्यापक रन्जित परियारले इमिस अपडेट्मा देखिएका समस्या र प्रशिक्षणबाट प्राप्त उपलब्धिबारे मन्तब्य राख्नुभएको थियो ।

शाखाकी प्राबिधिक सहायक समिरा दाहालले सन्चालन गर्नुभएको कार्यक्रममा हरि तामाङले सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्