Logo

बिर्तामोडमा छोटा हात्तीको ठक्करबाट पैदल यात्रीको मृत्यु



झापा, ४ असार । छोटा हात्ती गाडीले ठक्कर दिँदा झापाको बिर्तामोडमा एक पैदल यात्रुको मृत्यु भएको छ । मंगलवार बिहान बिर्तामोडको मुक्ति चोकमा छोटा हात्ती गाडीले पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोरङको रतुवामाई नगरपालिका-८ बस्ने ७० वर्षीय टङ्कमाया सुवेदीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी सुवेदीलाई उपचारको लागि बिएएण्डसी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्