Logo

संसद् भवन सुरक्षार्थ खटेका प्रहरीद्वारा गोली हानी आत्महत्या



काठमाडौँ, ५ असार । संघीय संसद् भवनभित्र आफैलाई गोली हानेर एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार गेटमा खटिएका २२ वर्षीय प्रहरी जवान अजित गोलेले शौचालयभित्र गएर आफैँमाथि गोली चलाएका हुन् ।

संसद् भवनको २ नम्बर गेटका बायाँपट्टी रहेको शौचालय गएका उनले आफूले बोकेको इन्सास राइफलले आफ्नै निधारमा फायर गरेको खुलेको छ । उनी बिहान करिब ८ बजेर १५ मिनेट जाँदा शौचालया मृत भेटिएका थिए ।

मृतक गोले दोलखाको मेलुङ गाउँपालिका ४ घर भई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई काठमाडौं उपत्यका प्रहरी कार्यालय संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्