Logo

निर्वाचन आयुक्त नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय



काठमाडौँ, ७ असार । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले प्रधानको नियुक्ति सिफारिसको प्रस्तावबारे सर्वसाधारणलाई जानकारी दिन तथा कुनै उजुरी भए १० दिनभित्र समितिमा आइपुग्ने गरी पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो ।

गत आइतबार संवैधानिक परिषद्ले प्रधानको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संवैधानिक व्यवस्थाअनुरूप संसदीय सुनुवाइका लागि संसद् सचिवालयलाई पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्