Logo

सहकारी ठगी प्रकरणमा जोडिएका राईलाई पक्राउ गर्न विश्वप्रकाश शर्माको माग (भिडिओ)



काठमाडौँ , ९ असार । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा जोडिएका जिवी राईलाई पक्राउ गर्न माग गर्नुभएको छ । उहाँले राईलाई पक्राउ गर्ने प्रक्रिया सुरु नगरिएकामा गुनासो गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै आकस्मिक समयमा सांसद शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले सहकारी ठगी प्रकरणमा जोडिएका राईको लोकेशन पत्ता लागिसकेको भन्ने जानकारी दिनुभएको सन्दर्भ जोड्दै तत्काल कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । उहाँले सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धान प्रक्रियामा सहभागी प्रहरी अधिकारीलाई सरुवा गरिएकामा आपत्ति प्रकट गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्