Logo

हल्दीबारीमा किसानहरूलाई सिंचाई मोटर र स्वास्थ्य स्वयंसेवीकाहरूलाई साइकल वितरण



झापा, ११ असार । हल्दीबारी गाउँपालिका वडा नं १ ले कृषकहरूलाई लक्षित गरेर ७४ थान सिंचाई मोटर र ९ जना स्वास्थ्य स्वयंम सेविकाहरूलाई साइकल वितरण गरेको छ।

वडाको ६ लाख र कृषकहरू को ६ लाख गरी ५० प्रतिशत लागत साझेदारीमा कुल खर्च १२ लाख लागतमा सिंचाई मोटर वितरण गरेको हो।

कार्यक्रममा बोल्दै हल्दिबारी गाउँपालिका अध्यक्ष लिङदेनले वडाले दिएको कृषि सामग्रीको उचित उपयोग गर्न सुझाव दिनुभयो।

उहाले कृषिकर्ममा रहेका कृषकहरूको उत्पादन वृद्धि गराउने तथा बेमौसमी तरकारीखेती लगायत खेतीमा पहुँच विस्तारका लागि यो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण भएको धारणा राख्नुभयो ।

यस्तै वडा अध्यक्ष देवि वहादुर थापाले कृषकहरूको उत्पादन वृद्धि गराउने लक्ष्यले यो कार्यक्रम ल्याएको र माग अनुसार सबैलाई पुर्याउन नसके पनि आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। यसैगरी स्वयंम सेविकाहरूले निरन्तर रुपमा सेवा दिदै आएकाले कार्यसम्पादनमा सहज होस् भनेर साइकल वितरण गरिएको उहाले उल्लेख गनुभयो।

हल्दीबारी वडा नं १ का वडा अध्यक्ष देवीवहादुर थापा को अध्यक्षतामा एवं हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको प्रमुख आतिथ्यता आयोजीत कार्यक्रममा वडा सदस्यहरू शान्ता शिवाकोटी, रूपा रसाइली प्रकाश कार्की, स्वास्थ्य शाखा हल्दिबारीका जनस्वास्थ्य निरीक्षक प्रकाश खतिवडा, गोलधाप स्वास्थ्य चौकी ईन्चार्ज यामप्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्