Logo

झापामा खोलामा डुबेर एक बालकको मृत्यु



झापा, १२ असार । झापाको मेचीनगरमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

मेचीनगर स्थित फुलवासा खोलामा हिजो साँझ मेचीनगर नगरपालिका वडा न.–१४ नमुना टोल बस्ने बामरा सन्थालका २० महिनाका छोरा रिहान सन्थालको डुबेर मृत्यु भएको हो । खेल्ने क्रममा घरदेखि ३०० मिटर पूर्वमा रहेको फुलवासा खोलामा ती बालक डुबेका थिए ।

बालकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्