Logo

निलम्बित मुख्यसचिव अर्यालबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : राप्रपा (भिडिओ)



काठमाडौं, १३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालको नियुक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा जवाफ दिनुपर्ने माग गर्नुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठक बोल्दै उहाले अवकाशको तीनदिन बाँकी रहेका व्यक्तिलाई मुख्यसचिव बनाएर राज्यलाई थप आर्थिक दायित्व बोकाउन नेतृत्व गर्ने प्रधानमन्त्रीलाई नैतिक प्रश्न हो कि होइन ? भन्दै प्रश्न गर्नुभएको हो।

उहाले भन्नुभयो, ‘वर्तमान प्रधानमन्त्री नेतृत्वकै सरकारले २०८० असोज १४ गतेसम्म पदावधि भएका तत्कालीन मुख्यसचिव शंकरदास बैरागीलाई हुँदै नभएको दरबन्दी निर्माण गरेर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीसरहको सुविधा पाउनेगरी २०८० असार २ गतेबाट अवकाशमा जान लागेका बैकुण्ठ अर्याललाई २०८० जेठ ३२ गते मुख्यसचिव किन नियुक्त गरियो रु तीन दिनमा राज्यलाई के नोक्सान हुनेवाला थियो र के फाइदा भयो ?’

उहाले यो नियुक्ति अस्वाभाविक, अनैतिक र शंकास्पद रहेको भन्दै बताउँदै भन्नुभयो,, ‘सरकारले यतिधेरै महत्व दिएका तीनै मुख्यसचिव अहिले भ्रष्टाचार मुद्दामा निलम्बित छन् । अवकाश पाउन तीन दिन बाँकी रहेका व्यक्तिलाई मुख्यसचिव बनाएर राज्यलाई थप आर्थिक दायित्व बोकाउन नेतृत्व गर्ने प्रधानमन्त्रीलाई नैतिक प्रश्न हो कि होइन ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्