Logo

बालगृहमा असार १५ …. 



झापा, १५ असार । आज असार १५ बालगृहका बालबालिकाहरु नयाँ नयाँ लुगा लाएर बसेका थिए । त्यही बेला शनिश्चरे अस्पतालका HA एवं दाहाल मेडिकल अर्जुनधारा ११ का प्रमुख खेमराज दाहालको उपस्थिति रहन्छ । बालबालिकाहरु सबैले स्वागत गर्छन ।

बन्दी सहायता नेपाल अर्जुनधारा ११ द्वारा संचालित मनमाया आमा गङ्गा आमा तथा जगल गार्डेन ब्वाइज होमका गरि २५ जना कारागार जीवन बिताइरहेका अभिभावकका आस्रित बालबालिका एवम् असहाय बालबालिकाकालाई असार १५ को महत्त्व बुझाउदै दही चुउरा कोला चिनी जुस लगायत खुवाएर खेमराज दाहालले आफ्नो जन्मोत्सव मनाएका थिए ।

मासिक रूपमा बालगृहका बालबालिकाहरुको स्वास्थ्य उपचार पनि वहाँले नै गर्दै आउनु भएको र उनिहरुको अवस्था र परिस्थितिलाई बुझेर उनिहरुसग बसेर खुसी साटन मन भएर नै मैले आज घरमा भन्दा पनि यहि बालगृहमा मनाउने निर्णय गरेको दाहालले बताउनुभयो ।

प्रत्येक बर्ष कोहि न कोहि दाता आउनु हुने र बालबालिकाहरुलाइ चाडको महत्त्व सगै अनुहार नै उज्यालो र खुसी बनाउनु हुन्छ यहि क्रममा अर्जुनधाराका लोकप्रिय स्वास्थ्य कर्मि खेमराज दाहालले हामीलाई एकदिन अघि खबर गरे पनि हामीले बालबालिका माझ कस्ले खुवाउदै हुनुहुदैछ भन्ने जानकारी गराएनौ र वहाँहरु आए पछि मात्र हामिलाइ सुइलाई दुखाउने डाक्टर सर पो आउनु भएछ भनेर बालगृहका नानी अब्जल मियाले बताउनुभयो ।

कार्यक्रममा नानिहरुको अनुहार हसिलो बनाउनुका बाबजुद सस्थाको ब्ययभारलाइ सहयोग गरेकोमा सहयोगी दाता खेमराज दाहाल वहाको दाजु तोयानाथ दाहाललाई सस्थाको तर्फबाट बन्दी सहायता नेपाल पुर्वान्चल शाखाका अध्यक्ष जगत बहादुर मगर सचीव रन्जित परियार लगायतले जन्मदिनको शुभकामना सहित धन्यवाद व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्