Logo

देशका ३१ स्थानमा भारी वर्षा: नदी तटीय क्षेत्रमा बाढीको जोखिम



काठमाडौँ, २२ असार । जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाले देशका विभिन्न ३१ स्थानमा भारी वर्षा भइरहेको जनाएको छ । गएरातिदेखि भइरहेको वर्षाका कारण नारायणी, सप्तकोसीलगायत नदीको बहाव बढ्न थालेको विभागले जनाएको छ ।

त्रिवेणी गण्डक व्यारेजमा आज ९शनिबार० बिहान गरिएको मापनअनुसार पानीको बहाव एक लाख २९ हजार क्युसेक पुगेको छ । पानीको बहाव बढ्दो क्रममा रहेकोले सर्तकता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।

नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि नदी तटीय क्षेत्र नवलपरासी र चितवनको नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले आज साँझसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको हो ।

यस्तै, बागमतीमा पनि बाढीको जल सतह बढेको छ । लमजुङको विमलनगरमा मर्स्याङ्दी नदीमा १० मिटर बढी जल सतह बढेको छ । आज र भोलि बागमती, नारायणी, कालीगण्डकी, मर्स्याङदी, बबई, पश्चिम राप्ती, महाकली, पश्चिम सेती र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान रहेकोले सर्तकता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्