Logo

भारतको सिलोङमा चार नेपालीको घाँटी रेटी हत्या



काठमाडौं, २२ असार । भारतको सिलोङमा चारजना नेपालीको हत्या गरिएको छ । मेघालय राज्य अन्तर्गत सुत्ंगा, जयन्तिया हिल्समा उनीहरूको घाँटी रेटी बीभत्स हत्या भएको हो ।

पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ ।

मारिने ४ जना ईलाम, धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ । ती मध्ये एक जना ईलामका रवि राई रहेको समाचारमा उल्लेख छ ।

४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ । यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी पुगेको खबर आएको छ ।

प्रतिक्रिया दिनुहोस्