Logo

बाढीले पूर्वपश्चिम राजमार्गको कलभर्ट बगायो, यातायात अवागमन ठप्प



कञ्चनपुर, २४ असार । वर्षापछि आएको बाढीले कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्गको कल्भर्ट बगाएको छ ।

बाढीले वेदकोट नगरपालिका–७ सुडामा रहेको पूर्वपश्चिम राजमार्गको कलभर्ट बगाउँदा अहिले पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा ठप्प भएको हो ।

प्रहरीले सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्