Logo

रास्वपा महामन्त्री ढकाल पदबाट बर्खास्त, पार्टी सदस्य मात्रै रहने



काठमाडौं, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा। मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टी सदस्य मात्रै रहने गरी कारबाही गरेको हो । यसअघि पार्टीको अनुशासन आयोगले ढकालमाथि कारबाही सिफारिस गरेको थियो ।

आयोगले साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिले त्यसलाई थोरै संशोधन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्