Logo

ताप्लेजुङमा घर भत्किँदा छ जना घाइते



फाईल फोटो

ताप्लेजुङ, २६ असार  । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा अचानक एउटा घर भत्किँदा छ जना घाइते भएका छन् । सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनको हप्पुखोलामा मङ्गलवार खेतमा काम गरेर खाजा खान बसेको घर अचानक भत्किँदा एक बालकसहित छ जना घाइते भएका हुन् ।

घाइते हुनेमा स्थानीय ४३ वर्षीय खड्गबहादुर बानियाँ र उनकाी श्रीमती ३८ वर्षीया जानुका बानियाँ , ३० वर्षीया सुविना बानियाँ, २८ वर्षीय खेमराज अधिकारी, ५३ वर्षीया तिलमाया विक र १० वर्षीय रोहित विक रहेको प्रहरीले जनाएको छ ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार ढुङ्गा, माटो र खरको छाना भएको दुई तले घर भत्किँदा उनीहरु घाईते भएका हुन् ।

रावलका अनुसार घाइतेमध्ये खेमराज अधिकारीको अवस्था गम्भीर रहेकाले झापा लगिएको र बाँकी घाइते पाँच जनाको पाँचथरको फिदिमस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्