Logo

बूढानीलकण्ठमा ओली-देउवाबीच २ घण्टा छलफल



काठमाडौँ, २६ असार। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।

देउवा निवास बुढानीलकण्ठमा बुधबार साँझ उहाहरूबिच २ घण्टा भेटवार्ता भएको हो। आफूलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नै तयार गरिसकेका देउवालाई भेट्न ओली बुढानिलकण्ठस्थित उहाकै निवासमा पुग्नुभएको हो।

भेटवार्तामा नयाँ सरकार गठन, मन्त्रीहरुको सहभागीता लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।

छलफलमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल र कांग्रेसका रमेश लेखक पनि सहभागी हुनुन्थ्यो ।

अल्पमतमा रहेका प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिँदैहुनुन्छ।

 

प्रतिक्रिया दिनुहोस्