Logo

गौरादहमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु



झापा, २७ असार। झापाको गौरादहमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गौरादह – १ सितापुरीस्थित पाडाजुँगी– गौरीगंज सडकखण्डमा गएराति लु-९- प-१२७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलमा पछाडी सवार भारत झारखण्ड जिल्ला गोडा निवासी ४१ वर्षीय कमल ठाकुरको मृत्यु भएको हो । मोटरसाइकल चालक गौरादह १ बस्ने ३३ वर्षीय गोपाल ठाकुरलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्