Logo
  बैशाख ७, २०८१ शुक्रबार

मेरो मृत्यु स्वप्न



मलाई आज आफ्नै तस्वीरमा पुष्प गुच्छा चढाउन मन छ ।
निराशाले भरिएका दुई चार शब्द पोख्न मन छ ।
शोकाकुल आफ्नै आखाँ रसाउन मन छ ।
मलाई मेरै तश्बीरमा हार्दीक समबेदना लेख्न मन छ ।

मलाई रातो गुलाब असाध्यै मन पर्छ २
सेतो कपडा नओढाउनु मेरो रासीलाई अशुभ छ ।
एउटा पहेलो कात्रो ल्याउनु मलाई खुब सुहाउछ ।
सिन्दुर, टिका र गाजल मेरो ऐनालाई मन पर्छ
सधैं भन्दा आज केहि भिन्न गर्न मन छ
आज मलाई मेरै तश्बीरमा हार्दीक समबेदना लेख्न मन छ ।

मलाई तुलसाको मोठ छेउ नसुताउनु है २,
त्यो निलो तन्ना ओछ्याएको मेरो बिछ्यौना सार्है सजिलो लाग्छ ।
घरबाट घाटसम्म जादै गरेका मेरा मलामी मलाई हेर्न मन छ ।
खोला किनारमा पार्थिव शरिर अन्तिम विदा हुदा एक झल्को मेरो सृष्टी हेर्न मन छ ।

मलाई आज आफ्नै तस्वीरमा पुष्प गुच्छा चढाउन मन छ ।
आज मलाई मेरै तश्बीरमा हार्दीक समबेदना लेख्न मन छ ।
आज मलाई मेरै मलामी जान मन छ ।।।।

कवयत्री भट्टराई झापा भद्रपुर निवासी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्