Logo

कोरोनाले सुनसान जामुनखाडी (हेर्नुहोस् तस्बिर)



झापा, १३ वैशाख । कनकाई नगरपालिकामा रहेको पूर्वको पर्यटकीय स्थल कोरोना भाइरस महामारीका कारण सुनसान भएको छ । नयाँ वर्ष लगायतका चाडबाडमा भिडभाड हुने र दैनिक हजारौँ पर्यटकले अवलोकन गर्ने जामुनखाडी अहिले सुनसान भएको छ । गएको वैशाख १ गते ५ हजार भन्दा बढी पर्यटकले अवलोकन गरेको जामुनखाडीमा आइतवार १ सय २५ जनाले मात्र अवलोकन गरेका छन् ।

सरकारले वैशाख ४ गतेबाट २५ जाना भन्दा बढी भिडभाड गर्न नपाइने नियम बनाएपछि पर्यटकको सख्यामा कमी आएको जामुनखाडी सिमसार पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष ख्यामराज सिटौलाले बताए । उनले कारोना महामारीका कारण गएको वर्ष पनि आम्दानी घटेको बताए । समितिले अवलोकनको प्रति व्यक्ति ५० रुपैयाँ लिने गरेको छ । बन समितिको स्वामित्वमा रहेको जामुनखाडी सिमसार पर्यटकीय क्षेत्र विकास समितिले पर्यटकको प्रवेश शुल्कबाट मात्र वार्षिक २ करोड भन्दा बढी आम्दानी गर्दै आएको छ ।

जामुनखाडी सामुदायिक बनको २०६५ सालबाट औपचारिक रुपमा पर्यटकका लागि खुला गरेको थियो । ताल, चिडियाखाना, पार्क लगायतको रमणीय स्थल रहेका छन् । जामुनखाडीमा नयाँ पुस्ताले उल्लेखिय अवलोकन गर्ने गरेका छन् ।

जामुनखाडीको विकासका लागि पछिल्ला वर्षमा संघ, प्रदेश र स्थानीय सरकारलेसमेत सहयोग गर्दै आएका छन् । प्रदेश स्तरीय चिडियाखाना बनाउने तयारी भएको र त्यसका लागि छनोटमा परेको अध्यक्ष सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्