Logo
  बैशाख ८, २०८१ शनिबार

कृषि सम्बन्धित किसानले बुझ्नुपर्ने कुरा!



मेचीनगर, ८ जेठ । एकजना बुद्धिवानले छोरोलाई सबै विद्या पढेर आइज भनेर गुरुकुल पठाएछन । छोरो पनि धेरै बर्ष गुरुकुलमा पढेर घर आएछ र बाबुलाई भनेछ बाबा मैले सबै विद्या पढेर आए !

फेरि बाबाले सोधेछ्न सबै पढेर आइस… हो बाबा मैले सबै विद्या पढेर आए ! त्यसो भए मेरो एउटा प्रश्नको उत्तर भन ! के कुरा भनेर छोरोले सोधेछ !

बाबुले सोधेछन एउटै कुरा जान्दा सबै कुरा जानिन्छ के हो ? छोरोले उस्ले पढेको सबै सम्झेछ उस्ले पढेको सबै किताब पल्टाएर हेरेछ छोरोले उत्तर दिन सकेनछ ! त्यसो भए फेरि गुरुकुल १२ बर्ष पढेर आइज फेरि छोरो गुरुकुल पढन गएछ र गुरुलाई सोधेछ बाबाले त तैले केही जानेको रहिनछ्स भनेर फेरि पढन पठाए !

गुरुले के सोध्नु भयो बाबाले, चेलाले भनो एउटा कुरा जान्दा सबै कुरा जानिन्छ केहो ? गुरुले भनेछ्न तिम्रो बाबा पनि चानचुने बुद्धिवान होइनन् ! यो कुरा त मलाई पनि थाहा छैन ! त्यसो भए फलानो राजालाई थाहा छ त्यही सोध्न जौ गुरु र चेला राजाकोमा गएछन् बेलुका भएछ राजाका कामदारले उनिहरुलाई खानपान र सुत्नेको व्यवस्था गरिदिएछ्न भोलिपल्ट गुरुले राजालाई सोधेछन् एउटै कुरा जान्दा सबै कुरा जानिन्छ केहो महाराज हामी तपाईंलाई सोध्न आएका हौं !

राजाले भनेछन् तिमीहरुलाई के कति दक्षिणा चाहिन्छ लिएर जाहो तर यो कुरा भन्न मिल्दैन मैले मर्ने बेलामा छोरालाई दिने हो भनेछ्न राजाले ! छोराले पनि उस्को छोरालाई दिने हो भनेछन् राजाले ! फेरि गुरुले ढिप्पी गरेर सोधेछ्न दक्षिणा केही चाहिदैन हाम्रो प्रश्नको उत्तर भए पुग्छ महाराज ! गुरुले धेरै ढिप्पी गरेछन् !

राजाले गुरुलाई बोलाएर त्यसको उत्तर बताइ दिएछन् ! त्यसपछि गुरु र चेला चेलाको बाबु भएको ठाउँमा गएछन् पढेर आइस छोरा अ पढेर आए ल के हो भन ? छोरोले माटो भनेछ त्यस्तै हामिलाई माटोको गाग्रा, माटोको सुराइ, माटोको दियो माटोबाट जति चिज बनिन्छ्न सबै कुरा जान्नु आवश्यक छैन ती सबै माटोबाट बनाइन्छ भने माटो जान्दा हुन्छ ! किसानलाई सबै कृषि प्रणाली जान्नुपर्ने आवश्यकता छैन वेष्ट डिकम्पोजर (w.dc) जाने किसान सफल हुन्छ ।

प्रतिक्रिया दिनुहोस्