Logo
  कार्तिक १, २०७८ सोमबार

क्यान्सर पीडित चौधरीलाई सहयोग जुट्दै



झापा, १८ भदौ । झापा बिर्तामोडका क्यान्सर पीडित राजु चौधरी सहयोगार्थ आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडले आयोजना गरेको संगीतिक कार्यक्रमबाट पचास हजार एक संकलन भएको छ ।

आदर्श व्यान्कोट, वृज क्याफे, सुरुवाति कोठा नेपाल, प्रकृति फाउन्डेसन, कालिका नेपाल, आदर्श सरगम होटेल, कालिका महिला समुह, निदी कलेज लगायत विभिन व्यक्तिहरु कर्मचारी, शिक्षकलगायतबाट उक्त रकम संकलन गरिएको हो ।

आदर्श स्कुल अफ म्यानेजमेन्टमा भएको कार्यक्रममा कलेजका विद्यार्थी नाम्गेल तामाङ, अपेक्षा राई, एनजल दर्नाल र रबिन पाठकले संगीतिक प्रस्तुती गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्