Logo
  भाद्र ३१, २०७८ बिहीबार

रमेशको ‘सुखःदुख’ सार्वजनिक



काठमाडौँ, २६ भदौ । गायक तथा संगीतकार रमेश कडरियाको नयाँ गीत ‘सुखःदुख’ सार्वजनिक भएको छ । गीतकार तिलचन आचार्यको शब्द रहेको उक्त गीतमा कडरिया स्वयम र गायिका पबित्रा आचार्यको स्वर रहेको छ ।

प्रेमिल शब्दहरुले सजिएको उक्त गीतको भिडियोमा टिकटक स्टार सुदिर श्रेष्ठ र जुना कार्किको अभिनय रहेको छ। मुनाल शिशिरको निर्देशन, उत्सब दाहालको छायाँङ्कनमा बनेको उक्त भिडियोलाई सिलन लम्सालले ईडिटिङ्ग र कलरिङ्ग गरेका छन् ।

सुमन केसीको संगीत संयोजन, साजन साहको मिक्सिङ्ग मास्टरिङ्ग रहेको उप्त गीत ए प्लस नेपाल स्टुडियो मा रेकर्ड भएको हो ।भिडियो उत्कृष्ट बनेको र भिडियोले बजार लिन सक्ने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्