Logo
  भाद्र ३१, २०७८ बिहीबार

रोनाल्डोको दुई गोलमा म्यानचेस्टर युनाइटेडको सानदार जित



काठमाडौँ, २७ भदौ । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा न्युक्यासललाई हराएको छ ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले न्युक्यासललाई ४-१ ले हरायो ।

युनाइटेडको जितमा १२ वर्षपछि क्लबमा फर्किएर डेब्यु खेल खेलेका पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

रोनाल्डोले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा र ६२ औँ मिनेटमा गोल गरे । त्यस्तै ब्रुनो फर्नान्डेजले खेलको ८० र जेसे लिङगार्डले दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरे । न्युक्यासलका लागि जेभियर मनकुइलोले खेलको ५६ औँ मिनेटमा सान्त्वना गोल गरे ।

प्रतिक्रिया दिनुहोस्