Logo
  भाद्र ३१, २०७८ बिहीबार

अमेरिकामाथि नेपालको शानदार जित



काठमाडौँ, २९ भदौ । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालको पुरुष क्रिकेट टोलीले अमेरिकालाई पाँच विकेटले हराएको छ ।

अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले ८४ रन बनाए । त्यस्तै रोहित पौडेलले अविजित अर्धशतक बनाउँदा विनोद भण्डारी ३७ रन बनाएर आउट भए ।

बलिङतर्फ अमेरिकाका नोस्थुश केन्जिजे र निसर्ग पटेलले दुई-दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै दुई सय ३० रन बनायो ।

अमेरिकाका लागि मोनान्क पटेलले शतकीय पारी खेले । एक सय १४ बल खेलेका पटेलले एक छक्का र नौ चौकाको मद्दतमा एक सय रन बनाएर आउट भए ।

बलिङतर्फ नेपालका विक्रम सोब, सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई विकेट लिए । यस्तै कुशल मल्लले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्