Logo
  भाद्र ३१, २०७८ बिहीबार

नेपालले पार्टी बनाउन होइन, एमाले कमजोर पार्न पार्टी फुटाएः ओली



झापा, २९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी बनाउन होइन, एमाले कमजोर पार्न पार्टी फुटाएको आरोप लगाएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष ओलीले आज झापाको बिर्तामोडमा जिल्ला स्तरीय कार्यकर्तालाई सम्बोधन गर्दै माधव नेपालको १६ वर्षे कार्यकालमा एमाले कमजोर भएको बताए । उनले भने, माधव नेपाल आन्दोलनमा जोडिएका थिए । तर, रसायन पुगेकै रहेनछन् । ओलीले भने, प्रधानमन्त्री बनायौ तर राजीनामा दिएर भागे । ओलीले एमाले बलियो पार्टी भएको बताए । उनले एमाले शिक्षा, स्वास्थ्य, देश, विदेश सबै ठाउँमा एमाले रहेको बताए ।

ओलीले पार्टी फुटाउन एकता नगरिएको बताए । प्रचण्ड र माधव नेपालले पार्टी फुटाएका थिए । नाम मिलेकाले अदालतले पार्टी नाम फेर्न भनेको थियो । तर प्रचण्ड नमानेको बताए । कानुनी रुपमा एमाले र माओवादी अलगअलग भएपनि एमाले नेकपाको निरन्तरता भएको बताए । प्रचण्डले गुट लिएर बाहिरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्