Logo
  भाद्र ३१, २०७८ बिहीबार

पद नपाउँदा एमाले छाड्ने कम्युनिष्ट होइनः अध्यक्ष ओली



झापा, २९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद नपाए एमाले छाड्ने कम्युुनिष्ट हुन नसक्ने बताएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष ओलीले आज झापाको बिर्तामोडमा जिल्ला स्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्दै पद नपाए पार्टी छाड्ने प्रवृति माधव नेपालको बाटो भएको बताए । उनले पार्टीमा सबैको पालो आउने बताए ।

अध्यक्ष ओलीले शहीद र आन्दोलन सम्झिएर लिएको सफत पदका लागि नभएको बताए । एमाले कार्यकर्ताको पहिचान इमान्दार र बलिदान दिन तयार हुनु पर्ने बताए । पद नपाए एमाले छाड्ने भन्ने कुरा माधव नेपालको उद्देश्यलाई साथ दिनुभएको ओलीको टिप्पणी थियो ।

प्रतिक्रिया दिनुहोस्