Logo
  भाद्र ३१, २०७८ बिहीबार

१ हजार ५६२ जनामा कोरोना, १ हजार ५८९ जना निको



काठमाडौँ, २९ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार ५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने १ हजार ५८९ जना निको भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७९ हजार ४९२ पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ भने ७ लाख ४२ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्