Logo
  कार्तिक १, २०७८ सोमबार

प्रज्ञा बालकविता महोत्सव सम्पन्न



काठमाडौँ, ३० भदौ । राष्ट्रिय बाल दिवस-२०७८ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको आयोजनामा भर्चुअल प्रविधिबाट ‘प्रज्ञा बालकविता महोत्सव-२०७८’ सम्पन्न भएको छ ।

मुलुकभरका ३५ बालबालिकाका कविता वाचन, कार्यपत्र प्रस्तुति तथा मन्तव्यसहित महोत्सव मंगलबार सम्पन्न भएको हो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बालसाहित्यको प्रवद्र्धनका निमित्त बालकविता महोत्सव आयोजना गरिएको जनाउँदै बालबालिका नयाँ शिल्प र सिर्जनशीलताका साथ अगाडि आइरहेको बताए ।

प्रज्ञा बालकविता महोत्सव-२०७८ को औचित्यमाथि प्रकाश पार्दै प्रतिष्ठानका साहित्य (कविता/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले कस्तो उमेरका बालबालिका भन्ने सन्दर्भमा १८ वर्ष उमेर मुनिकालाई भन्ने कानुनले नै तोकेको र त्यो सङ्ख्या ४० प्रतिशत रहेको उनले उल्लेख गरे ।

देशभरिबाट ४० बालबालिका छनोट गरिएको र त्यसमध्ये ३५ बालबालिका जोडिएर कविता प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्