Logo
  कार्तिक १, २०७८ सोमबार

निपाह भाइसरको जोखिममा नेपाल‚ सतर्क रहन सरकारको आग्रह



काठमाडौँ, ३० भदौ । भारतमा निपाह भाइसरको संक्रमण देखिएपछि नेपाल सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ ।

संक्रमणलाई फैलिन नदिन शंकास्पद बिरामी देखिए नेपालमै परीक्षण गर्ने तयारी समेत गरिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले भारतसँग खुला सीमा भएकाले नेपालमा पनि निपाह भाइरसको संक्रमण फैलिन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए । यस्तै‚ टेकुस्थित केन्द्रीय प्रयोगशालामा परीक्षणको व्यवस्था गरिएको बताए ।

‘खुला सीमा जोडिएको छिमेकी देशमा निपाह भाइरसको संक्रमित फैला परेको छ । यस्तो बेला हामीले सतर्कता अपनाउन आग्रह गरिरहेका छौं‚’ उनले भने‚ ‘शंकास्पद बिरामी आए काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाइ रहेका छौं ।’

भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको संक्रमण देखिएको र दशैंको बेला त्यहाँ कार्यरत नेपालीहरु घर आउने भएकाले सतर्कता रहनुपर्ने प्रवक्ता पौडैलले बताए । महाशाखाले सबै इर्वास (अर्ली वार्निङ रिर्पोटिङ सिस्टम) सेन्टिनेल साइट तथा अस्पतालहरूलाई सजग रहन ११८ वटा अस्पतालाई निर्देशन दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्