Logo
  कार्तिक १, २०७८ सोमबार

रोनाल्डोको गोलका बाबजुद म्यानचेस्टर युनाईटेड पराजित



काठमाडौँ, ३० भदौ । यूरोपियन च्याम्पियन्स लिग फुटबलमा नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर यूनाइटेड पराजित भएको छ ।

योङ ब्वाइजले म्यानचेस्टर यूनाइटेडलाई २-१ गोलले पराजित गरेको हो ।

क्रिस्टियानो रोनाल्डोले यूनाइटेडका लागि एक गोल गरे । खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गरी अग्रता दिलाएका थिए । तर यूनाइटेडले अग्रता जोगाउन सकेन ।

खेलको ३५ औं मिनेटमा आरोन वान बिसाका रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सिमित भएको थियो ।

खेलको ६६ औं मिनेटमा योङ ब्वाइजका निकोलस गाम्लेउले बराबरी गोल फर्काए । त्यस्तै इन्जुरी समयमा थियोसन जोर्डनले गोल गरेपछि योङ ब्वाइज २-१ ले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्