Logo
  कार्तिक १, २०७८ सोमबार

१ हजार ७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु



काठमाडौं, ३० भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ ।

त्यस्तै १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८० हजार ८२४ पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ भने ७ लाख ४३ हजार ५२६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ३०७ जना रहेका छन् । जसमध्ये २४ हजार ६८३ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६२४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्