Logo
  कार्तिक १, २०७८ सोमबार

झापाका १०४ सहित प्रदेश १ मा ४७९ जनामा कोरोना संक्रमण



विराटनगर, ३० भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७९ जनामा कोरोना संक्रमण भएको छ ।

१ हजार १८१ जनाको पीसीआर परीक्षण गर्दा ३२० र ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा १५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११३, झापामा १०४, सुनसरीमा ८३, धनकुटामा ५, इलाम र उदयपुरमा ४–४, भोजपुरमा २ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै प्रदेश १ मा आज २४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३९ महिला र १०७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्