Logo
  कार्तिक १, २०७८ सोमबार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बुधबार बेलुका तारकेश्वर नगरपालिका-७ फुटुङमा बा ३५ प ५२५० नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक तारकेश्वर-८ गैरीगाउँका ३० वर्षका सुरेश लामाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्