Logo
  कार्तिक १, २०७८ सोमबार

यस वर्ष मनसुन लम्बिने



काठमाडौँ, ३१ भदौ । यस वर्ष पनि मनसुन लम्बिने भएको छ ।

सामान्यतया जुन १० तारिखमा सुरू भएर सेप्टेम्बर २३ मा सकिनुपर्ने मनसुन यस वर्ष पनि एक हप्ताभन्दा धेरै समय लम्बिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सकिनुपर्ने समयमा विकास भएको भारतको मध्यप्रदेश आसपासको न्युन चापीय क्षेत्र र स्थानीय वायुको प्रभावको कारण मनसुन लम्बिने संकेत देखिएको मौसमविद् मीनकुमार अर्यालले बताए ।

निम्न चापीय क्षेत्र, स्थानीय वायु, जलवायु परिवर्तन लगायत विभिन्न कारणले पछिल्लो केहि वर्षयता मनसुन दुई सातासम्म लम्बिदै आएको छ ।

यसवर्ष अघिल्लो वर्षको तुलनामा धेरै पानी परेको मौसमविद् अर्यालले जानकारी दिए । यस वर्ष जुन १० तारिख आसपासमा सुरू भएको मनसुन सुरुमै अत्यधिक सक्रिय भएर भारी तथा अति भारी वर्षा हुँदा मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ ।

अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भई काठमाडौँ उपत्यकासहित बागमती,लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा पानी परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्