Logo
  कार्तिक १, २०७८ सोमबार

चीनमा भूकम्प: दुई जनाको मृत्यु, दर्जनौं घाइते



काठमाडौँ, ३१ भदौ । चीनको दक्षिण पश्चिम सिचुवान प्रान्तमा भुकम्प जाँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् ।

त्यसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सिन्ह्वा न्युजले जनाएको छ । समाचार अनुसार ३५ भन्दा बढि घरहरू भत्किएका छन् ।

बिहीबार बिहान १० किलोमिटर गहिराइबाट ६.० म्याग्निच्युडको भुकम्प गएको हो । भुकम्पपछिको उद्धारकार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्