Logo
  कार्तिक १, २०७८ सोमबार

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु



रामेछाप, ३१ भदौ । रामेछापमा जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । १० वर्षका बालक घाइते भएका छन् ।

दुर्घटनामा लाक्पा दोर्जे शेर्पा, लाक्पा शेर्पा र फुर्पा शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुको साइनो भने खुल्न बाँकी छ ।

घाइते १० वर्षका बालक धावा शेर्पा घाइते भएका र उनको मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ ।

काठमाडौँबाट ओखलढुङ्गाका लागि छुटेको प्रदेश नम्बर ३-०१-०२३-च-३५१३ नम्बरको जीप बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तीसार कुनौलीमा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्