Logo
  कार्तिक १, २०७८ सोमबार

शेयर बजार निरन्तर ओरालो



काठमाडौँ, ३१ भदौ । शेयर बजारको ओरालो यात्रा यो साताभर कायम रह्यो ।

बिहीबार समेत बजारले यही ट्रेण्ड पच्छ्याउँदा बजार २८१२.३० बिन्दुमा झरेको छ । साताको अन्तिम कारोबार दिन बजारमा ७६.६५ प्रतिशतको गिरावट देखियो ।

भदौ मसान्त पारी बैंकहरुले व्याजदर सार्वजनिक गरेका थिए । बैंकको व्याजदर बढेसँगै लगानीकर्ता निरास बनेको देखिएको छ । बिहीबार कुल २२९ कम्पनीको १ लाख १३ हजार ८ सय ७ वटा कारोबारबाट १ करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता शेयर किनबेच भएको छ ।

बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ । यस दिन कुल ९ अर्ब ३ करोड ३९ लाख ६ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबै उपसमूह राताम्मे रह्यो ।

प्रतिक्रिया दिनुहोस्