Logo
  कार्तिक १, २०७८ सोमबार

मीनभवनमा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय स्थापना



काठमाडौँ, ३१ भदौ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय मीनभवनमा स्थापना भएको छ ।

केन्द्रीय कार्यालयको उद्घाटन शुक्रबार बिहान १० बजे हुने केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधारले बताए । उद्घाटन अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन् ।

नेकपा एमालेबाट अलग भएर गएको २ भदौमा एकीकृत समाजवादी बनेको हो । तर अहिलेसम्म यो पार्टीले केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको थिएन ।

प्रतिक्रिया दिनुहोस्