Logo
  कार्तिक १, २०७८ सोमबार

प्याब्सन मेचीनगर अध्यक्षमा पुन: रुचाल



मेचीनगर, ३१ भदौ । प्याब्सन मेचीनगरको अध्यक्षमा पुनः डम्बर रुचाल सर्वसम्मत चयन भएका छन् ।

धुलाबारीमा बुधबार सम्पन्न अधिवेशनले रुचाललाई अध्यक्षमा चयन गरेको होे ।

समितिको उपाध्यक्षमा विक्रम क्षेत्री, सचिवमा विनोद प्रधान, कोषाध्यक्षमा कमल भेटवाल चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरुमा नेत्रप्रसाद खतिवडा, प्रतिक उराउ, शान्तिनारो गजमेर, बिजय भट्टराई र कमल नेपाल चयन भएका छन् ।

मेचीनगर अध्यक्ष डम्बर रुचालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला उपाध्यक्ष अजयआले मगर रहेका थिए ।

उक्त कार्यक्रममा जिल्ला सदस्य विष्णु रिमाल, भोजबहादुर कार्कीलगायतले आ-आफना धारणा राखेका थिए ।

प्याब्सन मेचीनगरका उपाध्यक्ष विक्रम क्षेत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव बिनोद प्रधानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्