Logo
  कार्तिक १, २०७८ सोमबार

प्रदेश १ मा ४८८ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्य



विराटनगर, ३१ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण भएको छ ।

१ हजार १४६ जनाको पीसीआर परीक्षण गर्दा ३४७ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४८, मोरङमा १२२, सुनसरीमा ६१, धनकुटा र इलाममा ५-५, भोजपुर, उदयपुर र संखुवासभामा १-१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको छ ।

प्रदेश १ मा आज २६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३० महिला र १३१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्