Logo
  कार्तिक १, २०७८ सोमबार

बोर्डले भन्यो: टिकटकमा भाइरल भएको उत्तरपुस्तिकाबारे अनुसन्धान हुन्छ



काठमाडौँ, ३१ भदौ । राष्ट्रिय परीक्षा बोर्डले अहिले सामाजिक सञ्जालमा भाइरल भएको कक्षा-१२ को उत्तरपुस्तिकाबारे छानबिन गर्ने जनाएको छ ।

बुधबारदेखि सुरु भएको कक्षा-१२ को परीक्षाको उत्तरपुस्तिकाको एक भिडियो यतिखेर टिकटकमा भाइरल भएको छ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आवश्यक छानबिन गर्ने बताए । उनले भने,‘कसले कहाँबाट भिडियो बनाएको हो,त्यस विषयमा छानबिन गरी तथ्य फेला परेमा कारबाही गर्छौं ।’

उनका अनुसार अहिले त्यो भिडियो हाल्ने व्यक्तिको पहिचान हुन सकेको छैन । कोरोनाले रोकिएको परीक्षा बुधबारबाट जारी छ । भौतिक उपस्थितिमै सञ्चालन गरिएको परीक्षा असोज ८ गते सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्