Logo
  कार्तिक १, २०७८ सोमबार

झापाबाट महामन्त्रीको चुनावी अभियान शुरु गर्दै विश्वप्रकाश



झापा ३१ भदौ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदको उम्मेद्वारी घोषणा गरेका युवा नेता विश्वप्रकाश शर्माले गृहजिल्लाबाटै चुनावी अभियान प्रारम्भ गर्ने भएका छन् ।

असोज ३ गते बिर्तामोडको अग्रसेन भवनमा एक कार्यक्रम आयोजना गरी शर्माले मत माग्ने अभियान झापाबाटै सुरु गर्ने भएका हुन् ।

असोज ३ गते संविधान दिवस हो । सोही अवसरमा शर्माले चुनावी अभियान सुरु गर्ने भएका छन् । उम्मेद्वारीको घोषणा उनले कांग्रेसका संस्थापक वीपी कोइरालाको जन्मजयन्तीको अवसर परोर काठमाडौँको सुन्दरीजलबाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्