Logo
  कार्तिक १, २०७८ सोमबार

फिटनेस र नृत्यका लागि नृत्य संसार



झापा, २५ असोज । के तपाईलाई आफ्नो शरिरको तौल कम गराउने मन छ ? या नृत्यमा करियर बनाउने सोचमा हुनुहन्छ ? यदि त्यसो हो भने बुद्धशान्ति १ स्थित नृत्य संसारमा तपाई जोडिन सक्नु हुनेछ ।

विगत १ वर्ष अघिदेखि सञ्चालनमा आएको नृत्य संसारमा यतिबेला हिपअप, कल्चरल, बलिउड लगायत सबै प्रकारको नृत्य सिकाइने सञ्चालकले जानकारी दिए। बुद्धशान्तिमा एकमात्र उत्कृष्ट नृत्य सिकाइने यस नृत्य संसारमा नृत्य सिक्न आएकी रक्षा प्रधानले नृत्य आफ्नो क्षेत्रको विषय नभएता पनि यहाँ आएर दैनिक अभ्यास गर्दा नृत्यमा धेरै प्रगति भएको बताइन् ।

त्यस्तै बिहान फिटनेस कक्षामा जोडिएका बुद्धशान्ति १ का दिपेश भट्टराईले पनि नियमित रुपमा फिटनेसको कक्षा आउँदा शरिरमा धेरै सकारात्मक परिवर्तन भएको बताएका छन् ।

बुद्धशान्तिमा उत्कृष्ट नृत्य सिकाउने कलाकेन्द्रको अभाव भइरहेको बेला सञ्चालनमा आएको यस नृत्य संसारमा नृत्य सिक्न इच्छुक जो कोहीले यहाँ सम्पर्क गर्न सक्ने बताउँदै पछिल्लो समय टेलिशृंखला तथा म्युजिक भिडियोमा निर्देशकको भूमिकामा देखिएका अशोक लाखेले पनि यहाँ उत्कृष्ट प्रशिक्षकले उत्कृष्ट नृत्य सिकाउने बताए ।

नृत्य सिकाइने मात्रै नभएर आगामी दिनहरु यहाँबाट उत्पादन भएका प्रशिक्षार्थीहरुलाई विभिन्न रियालिटि सो तथा म्युजिक भिडियोमा समेत अवसर दिइने जानकारी दिँदै यहाँ नृत्यका साथै फिटनेसको प्रशिक्षण पनि गरिने नृत्य संसारका प्रशिक्षक प्रदिप वर्देवाले जानकारी दिए ।

पछिल्लो समय मानिस अत्याधिक व्यस्त रहने भएकाले व्यायाम गर्न समेत फुर्सद नभएको देखिन्छ, तर व्यस्त जिन्दगीबाट थोरै समय निकालेर नृत्य कक्षामा भाग लिए शरीरलाई केही हदसम्म स्वस्थ राख्न सकिन्छ । त्यस्तै आफ्ना नानीहरुलाई पनि बेलैदेखि नृत्य प्रशिक्षणमा पठाए भोलीको दिनमा उनीहरुले यसै क्षेत्रमा आफ्नो भविष्य सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्