Logo
  कार्तिक १, २०७८ सोमबार

सेयर बजार निरन्तर ओरालो



काठमाडौँ, २५ असोज । सेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ ।

आइतवार १८ अङ्कले घटेको नेप्से सोमवार २३ दशमलव १९ अंकले घटेर दुई हजार ६ सय ३९ दशमलव ३७ विन्दुमा झरेको छ ।

आज लगानी र म्युचल फन्डबाहेक सबै समूहको सेयर ओरालो लागेको छ । विकास बैंक, बीमा, माइक्रोफाइनान्स र व्यापार समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय १९ कम्पनीका ९३ लाख १४ हजार कित्ता शेयर तीन अर्ब ६३ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्