Logo
  कार्तिक १, २०७८ सोमबार

राष्ट्र निर्माणमा विद्यार्थीको योगदान महत्वपूर्ण: मुख्यमन्त्री आचार्य



विराटनगर, २५ असोज । प्रदेश-१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राष्ट्र निर्माणमा विद्यार्थीको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा आज आयोजित बडादसैँ, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा उनले युनियनले मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

मुख्यमन्त्री आचार्यले पार्टीको नेतृत्व उत्पादनमा युनियनको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै मुलुकको उन्नति, युवालाई रोजगारी र राजगारीमूलक पाठ्यक्रम निर्माणमा लाग्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया दिनुहोस्