Logo
  कार्तिक १, २०७८ सोमबार

आईपीएल: बेंगलाेरलाई हराउँदै काेलकाता क्वालिफायरमा



काठमाडौँ, २६ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ काे एलिमिनेटरमा राेयल च्यालेन्जर्स बेंगलाेरलाई ४ विकेटले पराजित गर्दै काेलकाता नाइट राइडर्सले क्वालिफायरमा स्थान बनाएकाे छ ।

काेलकाताले अब फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग खेल्नेछ । यस खेलकाे विजेताले चेन्नाइ सुपर किंग्ससँग उपाधिका लागि खेल्नेछ ।

शारजहाँमा भएकाे खेलमा बेंगलाेरले दिएकाे १३९ रनकाे लक्ष्य काेलकाताले २ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गरेकाे हाे । काेलकाताकाे जितमा सुनिल नारिनले अलराउण्ड प्रदर्शन गरे ।

बेंगलोरलाई १३८ रनमा राेक्न ४ विकेट लिएका सुनिलले ब्याटिङमा २६ रन बनाए । काेलकताका लागि शुबमन गिलले २९ र वेनकाटेश अयेरले २६ रन बनाए ।

त्यसअघि कप्तान विराट काेहलीकाे ३९ रन मद्दतमा बेंगलाेरले १३८ रन बनाएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्