Logo
  कार्तिक १, २०७८ सोमबार

जर्मनी कतार विश्वकपमा छनोट



काठमाडौँ, २६ असोज । यरोपियन छनोट अन्तर्गत समूह ‘जे’मा रहेको जर्मनीले २०२२ को कतार विश्वकपमा स्थान बनाएको छ ।

सन् २०१४ को विश्व विजेता जर्मनीले सोमबार भएको छनोट खेलमा नर्थ म्यासेडोनियालाई ४-० ले पराजित गर्दै कतार विश्वकप छनोट हुने पहिलो युरोपियन टिम बन्यो।

समूहमा दुई चरणको खेल बाँकी रहँदै जर्मनीले विश्वकपको टिकट पक्का गरेको हो । जर्मनीले अब अर्मेनिया र लिचेस्टाइनसँग खेल्न बाँकी छ । समूहमा जर्मनीले ८ खेल खेल्दा ७ जित र १ हारको सामाना गरेको छ ।

सोमबार राति जर्मनीको फराकिलो जितमा वेर्नरले दुई गोल गर्दा काई हाभर्टज र जमल मुसियालाले समान एक गोल गरे । घरेलु टोली नर्थ म्यासेडोनियाले पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा समालिन सकेन ।

प्रतिक्रिया दिनुहोस्