Logo
  कार्तिक १, २०७८ सोमबार

नेपाल चलचित्रकर्मी संघ प्रदेश १ को अध्यक्षमा तामाङ



झापा,२६ असोज । नेपाल चलचित्रकर्मी संघ प्रदेश १ को अध्यक्षमा केवल तामाङ निर्वाचित भएका छन् ।

आइतबार बिर्तामोडमा सम्पन्न संघको प्रथम अधिवेसनमा तामाङ निर्वाचित भएका छन् । तामाङले अध्यक्षका अर्का प्रत्यायसी कुमार सिलवाललाई बहुमतले हराएका हुन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुवास मेचे, उपाध्यक्षमा किशोर सम्वाहाम्फे, मिना देवि खड्का, महासचिवमा रमेश तिवारी, सचिवमा शुन्दर लाओती, ज्ञानेन्द्र कोइराला, विष्णु मोक्तान,कोषाध्यक्षमा डम्बरबहादुर विश्वकर्मा (रोहन) र सहकोषाध्यक्षमा विष्णु चेम्जोङ्ग लिम्बु निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा मनिता तामाङ, सञ्जय वागदास, सोम मग्राती, मुना प्रसाई, सन्देश सहनी र हिराबहादुर लेप्चा निर्वाचित भएका छन् । समितिमा थप एक जना सदस्य अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको संघका नव निर्वाचित महासचिव रमेश तिवारीले जानकारी दिए ।

प्रदेश १ कै पहिलो चलचित्र संघका रुपमा रहेको नेपाल चलचित्रकर्मी संघको प्रथम अधिवेसन आइतबार नेपाल चलचित्र कलाकार संघका पुर्व अध्यक्ष तथा नेपाल चलचित्र निर्माता संघका पुर्व अध्यक्ष नवल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्